महान्यायाधिवक्ताको शपथ शीतल निवासमा किन भएन ! | Khabarhub Khabarhub

महान्यायाधिवक्ताको शपथ शीतल निवासमा किन भएन !


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त महान्यायाधिवक्ताको शपथ ग्रहण समारोह परपम्परा त्यागेर सर्वोच्च अदालतमा आयोजना भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार अपराह्न नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई शपथ गराए ।

‘महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन’ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ गर्नुपर्ने प्रावधान छ ।

यसअघि गत चैत ८ गते महान्यायाधिवक्ता रमेश बडालको शपथ ग्रहण राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको थियो । त्यसअघिका महान्यायाधिवक्ताको शपथ सामारोह पनि शीतल निवासमै भएका थिए ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार महान्यायाधिवक्ताको शपथ ग्रहको सबै कार्यक्रम सर्वोच्च अदालतले बनाउने र राष्ट्रपति कार्यालयसँग समय माग्ने प्रचलन छ । सोही अनुसार समय मिलाएर राष्ट्रपति उपस्थित हुने अभ्यास रहेको हो ।

अधिकारीका अनुसार यस पटक भने सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई जानकारी गराए, शीतल निवासमा शपथ ग्रहण गराउन समय मागेन । उनका अनसार समय मागेको भए राष्ट्रपति कार्यालयले प्रबन्ध गर्ने थियो ।

कोरोना भाइरस संक्रमण फैलिरहेकोले राष्ट्रपति कार्यालयले गत वैशाख ५ गते सर्वोच्च अदालतलाई पत्र लेखेर प्रधानन्यायाधीशले गराउने शपथ ग्रहणमा राष्ट्रपतिको उपस्थित अनिवार्य नरहेकाले सोही अनुसार प्रबन्ध गर्न भनेको थियो ।

यसपछि न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमा भएको थियो ।

शपथ ग्रहणका उपस्थित हुन राष्ट्रपतिको अनिच्छाका नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण सामारोह सर्वोच्च अदालतमै भएको भन्ने चर्चा चलेको छ । राष्ट्रपतिका स्वकीय सचिव अधिकारीका अनुसार त्यसो भएको होइन, सर्वोच्च अदालतले नै समय नमागेको हो ।

राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार खाती महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०० बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे