अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी « Khabarhub

अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी

दिल्लीस्थित नेपाली दूतावासले भन्यो- घर फर्कने तयारी थाल्नू



दोहा- तालिबानले अफगानिस्तानको राज्य सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत नेपालीलाई स्वदेश फर्काउने तयारी भएको छ ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेकै दिन दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै घर फर्किने तयारी गर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

नेपाल फर्कनको लागि सम्बन्धित रोजगारदाता निकाय, सम्बद्ध नेपाली तथा अफगानी म्यानपावर कम्पनीहरुलाई सम्पर्क गरी कोरोना पीसीआर परीक्षणलगायत आवश्यक स्वास्थ्य परीक्षण गर्न र हवाइ टिकट बुकिङ गर्न एवम् आफ्नो विवरण कन्सुलर सेवा विभागको वेभपेजमा भर्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासले अफगानिस्तानस्थित सम्बद्ध रोजगारदाता संयुक्त राष्ट्रसंघ तथा अन्य कुटनीतिक नियोगहरुलाई आफ्नो नियोगमा कार्यरत रहेका नेपालीहरुलाई सुरक्षित घर फर्काउन सहजीकरण गरिदिनका लागि औपचारिक रुपमा अनुरोध गरिएको जनाएको छ ।

साथै, नेपाल फर्कने शिलशिलामा कुनै सल्लाह, सुझाव,समन्वय एवं सहयोग आवश्यक परेमा नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको +९१ ८९२९६०१९२५ नम्बर तथा दूतावासले उपलब्ध गराएको इमेल ठेगानामा सम्पर्क गर्न अनुरोध गरिएको जनाएको छ  ।

अफगानिस्तानमा करिव १५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यहाँ नेपालीहरु संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । तलिबानले अधिकांश राज्यमा आफ्नो नियन्त्रण लिएपछि त्यहाँका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।

राष्ट्रपति घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरिसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ११ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित