लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह | Khabarhub Khabarhub

लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसमा अर्थमन्त्री शर्माले यो आग्रह गरेका हुन् ।

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे । ‘तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु’, मन्त्री शर्माले भने ‘तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिवी निवारणमा सहयोग गर्नुस् ।’

सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए । कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।

उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ५० बजे

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त