प्रदेश १ मा ६९२ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु | Khabarhub Khabarhub

प्रदेश १ मा ६९२ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ५३४ जनाको पिसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ८९ मध्ये विराटनगरमा ३४, सुनसरीमा ११५, झापामा २११, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ४९३ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष छन् । सो अवधिमा १२ महिलासहित २१ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ३० बजे

एसिया कप खेल्ने यु-१९ टिमको बिदाइ आज हुँदै

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

अपहरणमा संलग्न दुईजना पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जनालाई

पर्वतमा मौसम सूचना केन्द्र स्थापना

पर्वत– मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा

एनपिएल : दीपेन्द्रको कप्तानीमा कस्तो बन्यो सुदूरपश्चिम टिम ?

काठमाडौं – नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व