चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’को नेपालका लागि अफिसियल डिजिटल प्लेटफर्महरु सार्वजनिक « Khabarhub

चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’को नेपालका लागि अफिसियल डिजिटल प्लेटफर्महरु सार्वजनिक


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’अब छिट्टै नेपाली बजारमा आउने भएको छ।

औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट , फेसबुक पेज, इन्स्टाग्राम, तथा युट्युब च्यानल  सार्वजनिक गर्दै कम्पनीले निकट भविष्यमै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो ।

नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्प (MAW Vriddhi Autocorp) ले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ।

‘च्याङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ। कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरु मार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ। ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरु मार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन्।

अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ। विगत १५८ वर्षमा कम्पनीले Enduring Safety (‘स्थायी सुरक्षा’) को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ ।

उत्पादनहरुको डिजाईन र प्रयोग गरिएको प्रविधि हेर्दा एक श्रेष्ठ, नवीनतम र भविष्यमुखी उत्पादन हो भन्ने दर्शाउँछ। विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीन वटा विकास केन्द्रहरु, तथा अठार भन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको तथ्यबाटै च्याङ्गन एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने पुष्टी हुन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : १८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको