पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने « Khabarhub

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ ।

यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्री हस्तान्तरण गर्नुभयो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास तथा सार्वजनिक सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएको थियो ।

प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै सो प्रक्रियामा गएको हो । यसभन्दा अगावै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरे पनि निजी आवास पुनःनिर्माणको काम भने जिमाली र भवनलाई समायोजन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत नै रहने गरी जिल्लामा जिल्ला आयोजाना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालय भने रहने भएको छ । आयोजनाका प्रमुखले यसभन्दा अघि पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए ।

जिल्लामा हालसम्म पटक पटक गरी कायम भएका पुनःनिर्माण र प्रवलीकरण गरी ९१ हजार ५४ लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । त्यसअनुसार पुनःनिर्माणबापत रु तीन लाख र प्रवलीकरणबापत रु एक लाख प्राप्त गर्ने गरेका छन् । जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५, दोस्रो किस्ता ८६ हजार ९९० र तेस्रो किस्ता ८२ हजार ७३९ ले लिएका छन् । अझै आठ हजार ३१५ ले अन्तिम किस्ताबापतको रकम लिन बाँकी रहेको देखिन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : १२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका