आगलागीबाट जलेका खनाल परिवारको उपचारमा आर्थिक अभाव | Khabarhub Khabarhub

आगलागीबाट जलेका खनाल परिवारको उपचारमा आर्थिक अभाव


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ ।

दुई दिनअघि झापाको अर्जुनधारा नगरपालिका–७ मा कनकाइ ग्यासको सिलिन्डर फेर्दा ग्यास चुहिएर भएको आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पङ्कज खनाल गम्भीर घाइते छन् ।

घाइतेलाई उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग सङ्कलन गर्न समिति गठन गरिएको छ । गोविन्द खतिवडाको संयोजकत्वमा गठित १७ सदस्यीय सहयोग सङ्कलन समितिले खनाल परिवारको उपचारमा सघाउन देश विदेशमा रहेका नेपालीलाई अपिल गरेको छ ।

उपचारमा लगभग रु ४० लाख खर्च लाग्ने चिकित्सकले बताएको हुँदा चन्दा सङ्कलन गर्नुको विकल्प नभएको समितिका संयोजक खतिवडाले बताए ।  सोमबार साँझ ५ बजेतिर घरको भान्साकोठामा नयाँ सिलिन्डर फेर्दै गर्दा ग्यास चुहावट भएर आगलागी भएको र सो दुर्घटनामा परिवारका चार सदस्य घाइते भएको प्रहरीको सर्जमिन मुचुल्कामा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार सो आगलागीमा खनाल परिवारको रु २० लाख मूल्य बराबरको भौतिक सम्पत्तिसमेत क्षति भएको छ । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका खनाल दम्पती र छोराको शरीरका विभिन्न भाग जलेको छ भने ८५ वर्षीया आमा मङ्गलादेवी खनालको खुट्टामा आगोले पोलेको छ ।

घटनापछि खनालको घरमा ताला लागेको छ । घाइते अवस्थाकी आमा मङ्गलादेवी आफन्तको आश्रयमा बस्न थाल्नुभएको छ । नातेदार ज्ञानप्रसाद पोखरेलले घरका सबै सदस्य घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएपछि घरमा ताला लागेको बताए ।

उनले खनाल परिवारको आर्थिक अवस्था नाजुक भएको र उपचारमा लाग्ने खर्च बेर्होन नसक्ने बताए । उपचारका लागि नातेदारले स्थानीय अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कनकाइ ग्यास उद्योग गुहारिरहेका छन् । अर्जुनधारा नगरपालिकाले खनालको घर क्षतिग्रस्त भएको हुँदा घर पुनर्निमाणका लागि रु ५० हजार र उपचारका लागि रु एक लाख दिने भएको नातेदार पोखरेलले जानकारी दिए ।

कनकाइ ग्यास उद्योगका सञ्चालक जेबी कार्कीले ग्यास सिलिन्डर दुर्घटना भएमा क्षतिपूर्ति दिनका लागि एनएलजी इन्स्योरेन्स कम्पनीसँग कम्पनीले बिमा सम्झौता गरेको हुँदा यस घटनामा पनि बिमा कम्पनीले आवश्यक पहल गर्ने बताए । उद्योगले पनि उपचारमा केही आर्थिक सहयोग गर्ने कार्कीले आश्वासन दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ३० बजे

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको