आगलागीबाट जलेका खनाल परिवारको उपचारमा आर्थिक अभाव « Khabarhub

आगलागीबाट जलेका खनाल परिवारको उपचारमा आर्थिक अभाव


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ ।

दुई दिनअघि झापाको अर्जुनधारा नगरपालिका–७ मा कनकाइ ग्यासको सिलिन्डर फेर्दा ग्यास चुहिएर भएको आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पङ्कज खनाल गम्भीर घाइते छन् ।

घाइतेलाई उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग सङ्कलन गर्न समिति गठन गरिएको छ । गोविन्द खतिवडाको संयोजकत्वमा गठित १७ सदस्यीय सहयोग सङ्कलन समितिले खनाल परिवारको उपचारमा सघाउन देश विदेशमा रहेका नेपालीलाई अपिल गरेको छ ।

उपचारमा लगभग रु ४० लाख खर्च लाग्ने चिकित्सकले बताएको हुँदा चन्दा सङ्कलन गर्नुको विकल्प नभएको समितिका संयोजक खतिवडाले बताए ।  सोमबार साँझ ५ बजेतिर घरको भान्साकोठामा नयाँ सिलिन्डर फेर्दै गर्दा ग्यास चुहावट भएर आगलागी भएको र सो दुर्घटनामा परिवारका चार सदस्य घाइते भएको प्रहरीको सर्जमिन मुचुल्कामा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार सो आगलागीमा खनाल परिवारको रु २० लाख मूल्य बराबरको भौतिक सम्पत्तिसमेत क्षति भएको छ । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका खनाल दम्पती र छोराको शरीरका विभिन्न भाग जलेको छ भने ८५ वर्षीया आमा मङ्गलादेवी खनालको खुट्टामा आगोले पोलेको छ ।

घटनापछि खनालको घरमा ताला लागेको छ । घाइते अवस्थाकी आमा मङ्गलादेवी आफन्तको आश्रयमा बस्न थाल्नुभएको छ । नातेदार ज्ञानप्रसाद पोखरेलले घरका सबै सदस्य घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएपछि घरमा ताला लागेको बताए ।

उनले खनाल परिवारको आर्थिक अवस्था नाजुक भएको र उपचारमा लाग्ने खर्च बेर्होन नसक्ने बताए । उपचारका लागि नातेदारले स्थानीय अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कनकाइ ग्यास उद्योग गुहारिरहेका छन् । अर्जुनधारा नगरपालिकाले खनालको घर क्षतिग्रस्त भएको हुँदा घर पुनर्निमाणका लागि रु ५० हजार र उपचारका लागि रु एक लाख दिने भएको नातेदार पोखरेलले जानकारी दिए ।

कनकाइ ग्यास उद्योगका सञ्चालक जेबी कार्कीले ग्यास सिलिन्डर दुर्घटना भएमा क्षतिपूर्ति दिनका लागि एनएलजी इन्स्योरेन्स कम्पनीसँग कम्पनीले बिमा सम्झौता गरेको हुँदा यस घटनामा पनि बिमा कम्पनीले आवश्यक पहल गर्ने बताए । उद्योगले पनि उपचारमा केही आर्थिक सहयोग गर्ने कार्कीले आश्वासन दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ३० बजे

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको