चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता « Khabarhub

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विषयमा ‘ओकस’ सम्झौताको घोषणा गरेका छन्।

यो विशेष सुरक्षा सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्षहरु आदनप्रदानमा सहकार्य हुने जनाइएको छ ।

तीनवटै देशका नेताहरूले यस सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई थप सहयोग पुग्ने बताएका छन्।

यस सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो समेत खुला भएको छ । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिकै कारण यी देशहरुले चीन लक्षित यो कदम चालेको बताइएको छ ।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ। सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

यता चीनले यस कदमको निन्दा गरेको छ । वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप समेत लगाएको छ। स्रोत- बीबीसी

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ५० बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।