संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ? | Khabarhub Khabarhub

संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ?


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ ।

५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको सो घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रहरीले मृतक तेजबहादुरकै भतिज पर्ने लोकबहादुर कार्कीलाई हत्या आरोपमा पक्राउ गरेको छ । उनले प्रहरी समक्ष ६ जनाकै आफूले हत्या गरेको बयान दिएका छन् । तर, एक महत्वपूर्ण प्रश्न एकजना मानिसले कसरी लखेटी लखेटी ६ जनाको हत्या गर्न सके भन्ने उठेको छ । प्रहरी यही प्रश्नको उत्तरको खोजीमा छ ।

संखुसासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले हाल प्रहरीको एक समूह अझै घटनास्थलमै रहेको जानकारी दिए । उनले बिहीबार खबरहबसँग भने, ‘प्रहरीको अनुसन्धान सकिएको छैन। हामी विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौँ । अहिले पनि प्रहरीको एक टोली घटनास्थलमै छ ।’ उनका अनुसार यो प्रकरणमा लोकबहादुरबाहेक अरु पक्राउ परेका छैनन् ।

सो प्रकरणमा थप एकजना पक्राउ परेको भन्दै हल्ला भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले बिहीबार एक विज्ञप्ति जारी गर्दै थप कोही पक्राउ नपरेको जनाएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलमा १० जनाको प्रहरी टोली खटिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : ०९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका