आमा–छोरासँगै कक्षा १२ को परीक्षामा « Khabarhub

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएको विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले जानकारी दिए ।

टीकाकुमारीले भनिन्, “बुधबार परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ ।” नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएकोे छ । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १२ : १४ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड