मकवानपुरमा खुल्यो एकीकृत समाजवादीको कार्यालय « Khabarhub

मकवानपुरमा खुल्यो एकीकृत समाजवादीको कार्यालय


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४, शीतल महलचोकस्थित पार्टी कार्यालयको बिहीबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् ।

न्यौपानेले नेताहरूको रगत पसिनाले निर्माण गरिएको पार्टी विसर्जनवादीका हातमा पुगकाले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रस्ट्याए । ‘हामीले समाजवादका आधार निर्माण गर्न थाल्यौं, उहाँहरूले त्यसलाई भत्काउन थाल्नुभयो । हामी त्यो पार्टीमा बस्न सकेनौं,’ न्यौपानेले भने । उनले जनतामा आधारित, सिद्धान्तनिष्ठ, बलियो देशव्यापी कम्युनिस्ट पार्टी निर्माण गरिए पनि बलियो कम्युनिस्ट पार्टीलाई छियाछिया पारिएको बताए ।

‘जनक्रान्तिको उपलब्धिबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षा गर्न हामी लाग्यौं । उहाँहरू त्यो उपललब्धिलाई छिन्नभिन्न बनाउँने काममा लाग्नुभयो,’ न्यौपानेले भने । उनले अहिले एमाले मुद्दा, इमान नभएको कमाउनिस्टहरूको डफ्फा बनेको आरोप लगाए ।

केपी ओली नेतृत्वको एमाले पार्टी संसद् विरोधी भएको जनताले बुझेकाले अब संसद्को सर्वोच्चताको विरोधीले अब कुन मुखले भोट माग्ने भन्दै उनले प्रश्न गरे । ‘समाजवादको मुद्दा ध्वंश गर्ने, प्राप्त उपलब्धि ध्वस्त पार्ने ? अब के मुद्दा लिएर जनताको माझमा जाने ?’ उनले भने, ‘पाँच वर्षलाई दिइएको जनमत तीन वर्षमै दुई–दुई संसद विघटन गर्नेले चुनावमा जनतासँग के भनेर भोट माग्ने ?’

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरूसामु हिजो जनताका बीचमा गएर गरिएको प्रतिबद्घता पूरा गर्ने दायित्व आइपरेको बताए । यसका लागि उच्च मनोबलका साथ आफूहरू जुट्ने पनि बताए ।

‘हाम्रो पार्टीलाई मकवानपुरमा एक नम्बर पार्टीका रूपमा स्थापित गराउँन चाहान्छौं,’ अध्यक्ष पाख्रेलले भने, ‘अब हामी जिल्लाको १० वटै पालिका, एक सय दुईवटै वडामा पार्टीको कार्यक्रम लिएर जानेछौं ।’ सो अवसरमा केन्द्रीय सदस्यहरू ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल उपस्थित थिए । न्यूज कारखाना

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १ : ४६ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला