दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भए : बादल « Khabarhub

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भए : बादल


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् ।

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए ।

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए ।

बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुन:स्थापित हुने दिशामा अघि बढ्ने छौं,’ उनले भने ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे । ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  २ : ४९ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)