दश बुँदे सहमतिबाट नेतृत्व किञ्चित पछि हट्दैन : महासचिव पोखरेल « Khabarhub

दश बुँदे सहमतिबाट नेतृत्व किञ्चित पछि हट्दैन : महासचिव पोखरेल


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पारेका हुन् ।

‘संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं । पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।

पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गरे । ‘यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानुनी रुपमा पनि जरुरी छ । आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो,’ उनले भने, ‘२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ३ : १५ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट