काठमाडौँ महानगरका विद्यालय खोल्न समिति गठन « Khabarhub

काठमाडौँ महानगरका विद्यालय खोल्न समिति गठन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय खोल्ने विषयमा समिति गठन गरेको छ ।

बिहीबार बसेको शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन मापदण्ड निर्माण गर्न ‘विद्यालय सञ्चालन मापदण्ड समिति’ गठन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए ।

उक्त समितिले असोज ४ गतेसम्ममा मापदण्ड बनाउने उनको भनाइ छ ।

बैठकमा शिक्षक, अभिभावक, स्वास्वास्थ्य विज्ञ लगायतको सहभागी रहेको र सबैले दशैँ अगावै विद्यालय सञ्चालन गर्ने निस्कर्ष निकालेको महानरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

उनका अनुसार समितिले विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड निर्माणका लागि शुक्रबारदेखि नै काम अघि बढाउने छ ।

असोजको पहिलो साताबाट विद्यालय सञ्चालन गर्ने गरी समितिले काम गर्ने उनले बताए । उनले भने, ‘सायद असोजको पहिलो साताभित्र विद्यालय सञ्चालन सम्बन्धि कुनै निर्णय हुन सक्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : २३ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार