अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग | Khabarhub Khabarhub

अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच पोखरा– १० का वडा अध्यक्ष राजकुमार गुरुङले फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पाँच लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले नेपालमा अक्सिजन अभाव चुनौतीपूर्ण रहेको भन्दै बतासले पुण्य काम गरेकाले सहयोग पठाएको बताए । ‘यहाँ पनि हामी दुस्ख गर्नकै लागि आएका हौँ । तर, नेपालीहरू अक्सिजन नपाएर त्यसै मर्नुपरेको घटना सुन्दा अझ दुःख लागेको छ’, उनले भने, ‘बतासको अभियान मनपर्‍यो । प्लान्ट जोड्न हाम्रो पनि साथ छ ।’

बतासले कोरोनाको दोस्रो लहर सुरु भएकै बेला अक्सिजन प्लान्ट बनाइदिने घोषणा गरेका थियो । तर, हालसम्म प्लान्ट जडान भएको छैन । फाउण्डेसनले ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक संकलन गरेको हो ।

प्लान्ट जडानका लागि पाँच करोड रुपैयाँ लाग्ने अनुमान छ । दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट जडान गरिने अध्यक्ष बतासले बताए । अभियानबाट हालसम्म तीन करोड सात लाख रुपैयाँ संकलन भएको उनको भनाइ छ ।

बतासको अभियानपछि एमालेको भ्रातृ संस्था प्रवासी मन्चले सोही अस्पतालमा प्लान्ट जडान गरिदिएको छ । दुई करोड रुपैयाँ लगानीमा प्लान्ट जोडिएको मन्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले जानकारी दिए । उनका अनुसार उक्त प्लान्टले दिनमा २०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : ३० बजे

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९

‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’

भादगाउँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट