इन्टर्नसीपको माग राख्दै चीनमा एमबीबीएस पढेकाहरु प्रदर्शनमा उत्रिए (फोटोफिचर) « Khabarhub

इन्टर्नसीपको माग राख्दै चीनमा एमबीबीएस पढेकाहरु प्रदर्शनमा उत्रिए (फोटोफिचर)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट एमबीबीएस उत्तीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप शुरु हुने आश्वासन पटक-पटक दिइए पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाइ छ ।

कोरोनाका कारण चीनमा इन्टर्नसीप गर्न जान नपाएको भन्दै नेपालमा नै इन्टर्नसीप गर्न पाउनु पर्ने उनीहरुले माग राखेकाे हुन् ।

मेडिकल काउन्सिलको इन्टर्नसीप नियममा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ३६ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार