इन्टर्नसीपको माग राख्दै चीनमा एमबीबीएस पढेकाहरु प्रदर्शनमा उत्रिए (फोटोफिचर) « Khabarhub

इन्टर्नसीपको माग राख्दै चीनमा एमबीबीएस पढेकाहरु प्रदर्शनमा उत्रिए (फोटोफिचर)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट एमबीबीएस उत्तीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केही दिनमा इन्टर्नसीप शुरु हुने आश्वासन पटक-पटक दिइए पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाइ छ ।

कोरोनाका कारण चीनमा इन्टर्नसीप गर्न जान नपाएको भन्दै नेपालमा नै इन्टर्नसीप गर्न पाउनु पर्ने उनीहरुले माग राखेकाे हुन् ।

मेडिकल काउन्सिलको इन्टर्नसीप नियममा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ३६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका