साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै « Khabarhub

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ ।

१३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो ।

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो ।

यसअघिका २२ खेलमा नेपालले भारतसँग १४ हार, ५ जित र २ खेल बराबरी गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा पनि भारतले नेपाललाई १-० ले हराएर आफू बलियो रहेको प्रमाणित गरेको थियो ।

नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल