कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि « Khabarhub

कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन ।

चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २/२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७  रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ४६ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल