कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि « Khabarhub

कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन ।

चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २/२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७  रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ४६ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला