विश्वभर २१ करोड ८० लाख संक्रमित निको, ४९ लाखको मृत्यु « Khabarhub

विश्वभर २१ करोड ८० लाख संक्रमित निको, ४९ लाखको मृत्यु


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर अहिलेसम्म २१ करोड ८० लाखभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २१ करोड ८० लाख ५७ हजार १७ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ३४३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २४ करोड ८ लाख २ हजार ९८३ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ४१ हजार ८७० छ । यसमध्ये ७९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

लाखभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ९५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ लाख ४ हजार ९६ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९२ हजार ९६६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७०५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ४३ हजार ८८० जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ६ लाख २ हजार ७२७ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत १८ हजार संक्रमित देखिन थालेका छन् । भारतमा शनिबा बिहानसम्म ४ लाख ५२ हजार १० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ५५ बजे

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते