भगवान रामको ससुरालीमा रावण वध « Khabarhub

भगवान रामको ससुरालीमा रावण वध


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार त्रेतायुगको भागवान श्रीरामले धर्मपत्नी माता सीताको अपरण गर्ने रावणलाई वध गरे जस्तै एकै साथ रावण, मेघनाथ र कुम्भकरणको ५२ फिटको प्रतिमा बनाई जलाएर नष्ट गरिएको छ ।

भागवान रामको ससुरालको रुपामा चिनिने जनकपुरधाममा रावण वध पछिल्लो एक दशकदेखि हुँदै आएको छ । स्थानीय महावीर युवा कमिटीले दशैँको अवसरमा रावणको प्रतिमा बनाई त्यसलाई जलाएर नष्ट गर्ने कार्यक्रमको आयोजना गर्दै आएको छ । विगतका वर्षहरुमा रावणको मात्र प्रतिमा बनाइए पनि यस वर्ष मेघनाथ, कुम्भकरण र लंकाको समेत प्रतिमा बनाइएको थियो ।

रावण वध र लंका दहनमा करिब १५ देखि २० लाख रुपैयाँ खर्च भएको आयोजक कमिटीले जनाएको छ । विगतका वर्षहरुमा कुनै राजनीतिक दलका नेताहरूले रावण वध गरे पनि यस वर्ष राम मन्दिरकै महन्थ राम गिरीले गरेका छन् ।

नेपाल, भारतको विहार,उत्तर प्रदेश लगायतका स्थानमा बसोवास गर्ने हिन्दुधर्माम्बलीहरूले सीताको अपहरण गरेको भन्दै रावणलाई नकारात्मक रूपमा लिए पनि दक्षिण भारतमा भने हिन्दु धर्मप्रति आस्था राख्नेहरूले नै रावणको पूजापाठ गर्ने गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १२ : ४० बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार