किन छैन, राजधानीमा विगत जस्तो दशैँको रौनक « Khabarhub

किन छैन, राजधानीमा विगत जस्तो दशैँको रौनक


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण त्रासका कारण अघिल्लो बर्ष प्रभावित बनेको दशैं यो बर्षमा केहि सहजता पाइएको छ । तथापी देशको राजधानी काठमाडौँमा भने विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल पहिले जस्तो छैन । अहिले राजधानीका चोक, गल्ली तथा टोलटोलमा दशैंको रौनक कम पाइएको छ ।

अहिले दशैंको रौनक शहरमा भन्दा पनि गाउँमा बढि हुने गरेको छ । यो बर्ष ग्रामीण भेगमा दशैँको रौनक बढि देख्न सकिन्छ । गाउँका टोलटोलमा सार्वजनिक स्थलमा मानिसको भिड छ । जो देशको राजधानी भएर पनि काठमाडौंमा पाउन सकिन्न ।

दशैंमा प्राय मानिस शहरबाट गाउँ जाने, मान्यजनहरु गाउँमा नै भएकाले आर्शिवाद थाप्न गाउँ जादाँ गाउँमा मानिसको भिड बढेको छ । यस अलावा कोरोनाका कारण त्रासमा बसेका नागरीक यस बर्ष संक्रमण जोखिमकै बीचमा भए पनि गाउँ जान पाएका छन् । त्यस कारणले पनि गाउँमा भिड बढेको, झापाका चेतनाथ लुइटेल बताउँछन् ।

पहिलेको दशैंमा भन्दा अहिलेको दशैंमा सामाजिक सञ्जालको प्रयोग भने बढेको पाइन्छ । मानिसहरु आफुले टिका थापेको फोटो भिडियो, फेसबुक, टिकटकदेखि युट्युबसम्ममा पोष्ट गर्न थालेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १२ : ११ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक