हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौँरी याक बन्दै « Khabarhub

हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौँरी याक बन्दै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– खच्चर र चौँरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ । हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो ।

ताप्लेजुङ जिल्लाका हिमाली बस्तीहरूमा सडक सञ्जालले जोडिएको छैन । गाउँहरूमा भरिया पनि पाउन छोडेपछि खच्चर र चौँरी याक नै खाद्यान्न ढुवानी गर्नका लागि भरपर्दो साधन बनेको हो । यसपालिको दसैँ तिहारका लागि आवश्यक खाद्यान्न सामग्री खच्चर,चौँरी र याकमार्फत ढुवानी गरिएको छ । हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रहरूमा पशुमार्फ दसैँको लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो ।

दसैँ चाड नजिकिएसँगै स्थानीयले खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चर र चौँरी याकहरूलाई बोकाएर ढुवानी गरेका हुन् । मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन भने याम्फुदिनमा सडक ट्रयाक (मार्ग) पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङ गोला, याङमा, र घुन्सा क्षेत्रमा र मिक्वाखोला गाउँपालिका-५ पापुङमा, तोक्पेगोला क्षेत्रमाहरूमा यातायातका साधन सञ्चालन नहुँदा खच्चर चौरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयले बताएका छन् ।

पहिले देखि नै खच्चरलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेका स्थानीय कैलास लिम्बूले बताए । सडक र यातायातको पहुँच नभएपछि खच्चरमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको लिम्बूले बताए ।

चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयले खच्चर, चौरी र याकहरुलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ गाउँपालिका-७ का स्थानीय तेन्जीङ शेर्पाले बताए । स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीहरूले खच्चर, चौरी र याकहरुलाई बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताए ।

फक्ताङलुङ गाउँपालिका-६ लेलेप सम्म यातायातका साधनहरूले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछ । त्यसपछि भने दुई दिन तीन दिन पैदल र्मागमा चच्चर, चौँरी र याकमार्फ ढुवानी हुने गरेको गर्दछ । सिरिजंगा गाउँपालिकाको आम्बेगुदिनको खाम्दिमे बजार तथा तेल्लोक बजारदेखि गाउँसम्म खच्चरमार्फत सामान ढुवानी गर्दै आएका छन् ।

त्यस्तै, कतिपय सडकको ट्रयाक पुगेको ठाउँसम्म ट्रयाक्टरमार्फत सामान ढुवानी गरेपछि खच्चरलाई बोकाएर गाउँसम्म पुर्‍याउने गरिएको याम्फुदिनका विष्णु राईले बताए । राईका अनुसारअहिले दसैँतिहारजस्ता चाडपर्व नजिकिएकाले बढीजस्तो खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ ।

केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए । पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरूले बताएका छन् । यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो पर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : २१ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक