साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध « Khabarhub

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ ।
उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो ।

श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका उनलाई शनिबार हुन लागेको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ ।

साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउनेछ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए ।

अलमुताईरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । तर, साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताईरीले असन्तुष्टि जनाएका छन् ।

शनिबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले आफूमाथि प्रतिबन्ध लगाउने निर्णय साफ च्याम्पियनसिपको उपाधि भारतले जितोस् भन्ने उद्देश्यले अभिप्रेरित रहेको आरोप लगाए । व्यक्तिगत रिसइवी साँध्ने गरी ममाथि नभएर नेपाली फुटबलमाथि कारबाही गरिएको उनको भनाइ छ ।

नेपाललाई पहिलो पटक साफ च्याम्पियसिपको फाइनलमा पुर्‍याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  २ : ५३ बजे

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को