एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट « Khabarhub

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।

क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन् । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण ३ कात्तिकबाट सुरु हुने जनाएको छ ।

बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ । नेपालले युएईमा आयोजना हुने एसियाली छनोट खेल्नेछ ।

नेपाली टोली

रूबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, ईश्वरी विष्ट, करुणा भण्डारी, सरिता मगर ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै