तरकारी खेतीले मनोरम लमजुङको भुष्मे | Khabarhub Khabarhub

तरकारी खेतीले मनोरम लमजुङको भुष्मे


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङदी गाउँपालिका–८ को पर्यटकीय गाउँ भुष्मेको सिङ्गो गाउँ अहिले तरकारी खेतीमा लागेको छ । केही वर्षअघिसम्म बाँझो रहेको यी बारी अहिले हरिमल्लै भएको देख्न सकिन्छ । किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायत बिक्री गर्न व्यस्त छन् । केही वर्षअघिसम्म तरकारीका लागि बजार र छिमेकीको आस गर्ने भुष्मेबासी अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

स्थानीय अगुवा होमराज तामाङका अनुसार गाउँका ५५ घरपरिवार तरकारी खेतीमा लागेको बताए । उनले भने, ‘आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौ । आफैँले तरकारी फलाउन थालेपछि आफुलाई पनि भयो बिक्री पनि गर्न पायौं ।’ अहिले यो गाउँ तरकारीमा आत्मानिर्भर भएको उनले बताए ।

२०७१ सालेदखि तरकारी खेती गर्दै आएकी निलमाया तामाङले आठ रोपनी जग्गामा व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५–६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिले दुईचार पैसा देख्न नी रहरै हुन्थ्यो । अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’ निलमाया जस्तै तरकारी फलाउन हौसिएकी छिन् सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन सहज भएको उनले बताइन ।

भुष्मे गाउँ तरकारी पकेट क्षेत्र नै घोषणा भएको छ । भुष्मेमा स्थानीय नन्दराज तामाङको अध्यक्षतामा नौ सदस्यीय भुष्मे तरकारी पकेट सन्चालन समिति गठन गरिएको छ । गाउँलेले एक सय ५० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । स्थानीय विष्णुमाया तामाङका अनुसार तरकारी खेतीका लागि मस्र्याङ्दी गाउँपालिका, गण्डकी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र लमजुङले सहयोग गर्दै आएको छ । भुष्मेमा ०७४ सालदेखि होमस्टे पनि सुरु भएको छ । तामाङ जातीको बसोबास रहेको गाउँमा १० घरमा होमस्टे छ । न्यूज कारखाना

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ४० बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज