प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी « Khabarhub

प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ ।

आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो ।

दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ ।

सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।

इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए ।

उनले भने, ‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस् ।’

राणालाई बहिर्गन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : २८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री