चितवनमा बन्द गराउँदै हिँड्ने विप्लवका जिल्ला अध्यक्षसहित ११ पक्राउ « Khabarhub

चितवनमा बन्द गराउँदै हिँड्ने विप्लवका जिल्ला अध्यक्षसहित ११ पक्राउ

फोटो फिचर


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव परेको छ ।

बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट चलेका छन् । मोटरसाइकल र अटोहरू भने सदाझै निर्वाध चलेका छन् । केही यात्रु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । शिक्षण संस्था बन्द छन् । विद्यालय गएका विद्यार्थीहरू पनि घर फर्किएका छन् ।

बन्द गराउन गाडीको चाबी खोस्न खोज्ने र टायर बाल्न खोज्ने ११ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘जबर्जस्ती गाडीको चाबी खोस्न खोज्ने नौजनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ । अरु दुईजना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्’, उनले भने । जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको उनले बताए ।

आज बन्द आह्वान गरिएपनि सबै सरकारी कार्यालयहरू खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘सरकारी कार्यालयहरू हिजोअस्ति जस्तै आज पनि खुल्छन् । केहीले स्वस्फुर्त रूपमा गाडीहरू चलाउनु भएको छैन । राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने ।

न्यूज कारखानाबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३७ बजे

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि