नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार « Khabarhub

नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै कतार


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र कतार महिला क्रिकेट टोलीबीचको तीन टी–२० शृंखला मंगलबार सुरु भएको छ । तीन मैत्रीपूर्ण खेलका लागि दोहा पुगेको नेपाल र कतारबीचको पहिलो खेल केहीअघि सुरु भएको छ।

नेपालविरुद्ध कतारले टस जितेर फिल्डिङ गरेको छ । टस हारेसँगै नेपाली टोलीले पहिले ब्याटिङ गरेको छ । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी२० विश्वकपअन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी२० खेलको शृंखला खेल्न लागेको हो । आईसीसीको छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानीय क्लबसँग तीन खेल खेलेको थियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी २० विश्वकपका लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका छन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ देश सहभागी छन् ।

नेपालले पहिलो खेल ६ मंसिरमा हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : ४० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन