क्रिकेट संघको साधारण सभा धनगढीमा हुने « Khabarhub

क्रिकेट संघको साधारण सभा धनगढीमा हुने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पुसको तेस्रो साता हुने भएको छ ।

मंगलबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा अनलाइन माध्यमबाट बसेको बोर्डको बैठकले साधारण सभा १४, १५ पुसमा गर्ने निर्णय गरेको हो । यसपटक संघले आफ्नो साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ ।

यस्तै संघले विभिन्न ५ शीर्षकका निर्णय गरेको छ । संघले जिल्ला अधिवेशन ७ माघमा गर्ने निर्णय गर्दा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छनोट गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

यस्ता छन् क्रिकेट संघले गरेको निर्णय

१ संघको वार्षिक साधारण सभा २०७८ साल पुस १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरिएको छ ।

२ संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघको जिल्ला अधिवेशन यही २०७८ साल माघ ७ गते भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला क्रिकेट संघलाई निर्देशन दिने निर्णय गरिएको छ ।

३ संघको मुख्य प्रशिक्षक छनौटका लागि संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद कुमार दास र १ जना आइसिसीका प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरिएको छ ।

४ संघको आर्थिक कार्यविधि पारित गरिएको छ ।

५ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ५५ बजे

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर