क्रिकेट संघको साधारण सभा धनगढीमा हुने « Khabarhub

क्रिकेट संघको साधारण सभा धनगढीमा हुने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पुसको तेस्रो साता हुने भएको छ ।

मंगलबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा अनलाइन माध्यमबाट बसेको बोर्डको बैठकले साधारण सभा १४, १५ पुसमा गर्ने निर्णय गरेको हो । यसपटक संघले आफ्नो साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ ।

यस्तै संघले विभिन्न ५ शीर्षकका निर्णय गरेको छ । संघले जिल्ला अधिवेशन ७ माघमा गर्ने निर्णय गर्दा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छनोट गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

यस्ता छन् क्रिकेट संघले गरेको निर्णय

१ संघको वार्षिक साधारण सभा २०७८ साल पुस १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरिएको छ ।

२ संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघको जिल्ला अधिवेशन यही २०७८ साल माघ ७ गते भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला क्रिकेट संघलाई निर्देशन दिने निर्णय गरिएको छ ।

३ संघको मुख्य प्रशिक्षक छनौटका लागि संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद कुमार दास र १ जना आइसिसीका प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरिएको छ ।

४ संघको आर्थिक कार्यविधि पारित गरिएको छ ।

५ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ५५ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष