नेपाल बैंकको वार्षिकोत्सव मनाइयो « Khabarhub

नेपाल बैंकको वार्षिकोत्सव मनाइयो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बैंक लिमिटेडको ८५ औँ वार्षिकोत्सवका अवसरमा विभिद कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले बैंकको ८५ औं वार्षिक उत्सवको अवसर पारेर कात्तिकक २६ गते भूगोलपार्क स्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरियो ।

नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा आयोजित विभिन्न कार्यक्रमहरु मध्ये उक्त रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी लगायत बैंकका कर्मचारीहरु तथा बिभिन्न ग्राहकहरुले रक्तदान गरेका थिए । नेपाल बैंक लिमिटेडको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी, यस बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, वातावरणीय, सरसफाई, शैक्षिक, स्वस्थ्य, वित्तीय साक्षरता लगायत विभिन्न सामूदायिक हित संरक्षणका क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रमको आयोजना गरेको छ ।

प्रादेशिक कार्यालय, प्रदेश नं. १ अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १४, स्थित श्री पार्वती माद्यामिक विद्यालयलाई १० थान पंखा र २ थान दराज प्रदान गरिएको छ । मोरङ जिल्लाको सुन्दर हरैचामा अवस्थित रणकाली मन्दिरमा आउने भक्तजनहरु बस्नका लागि लागि १०० थान कूर्सी प्रदान गरिएको छ ।

प्रादेशिक कार्यालय, प्रदेश नं. २ अन्तर्गत, वीरगंज उपमहानगरपालिकामा रहेको माानवसेवा आश्रममा रहेका आश्रितहरुका लागि ७५ थान ट्रयाक सूट र खाद्य सामाग्री वितरण, पर्सा जिल्लाको तिलाठी गाउँपलिकामा रहेको दलित बस्तीका २५ घर परिवारलाई कम्बल वितरण गरिएको छ ।

प्रादेशिक कार्यालय, गण्डकी प्रदेश अन्तर्गत, पोखरा महानगरपालिका १७ विरौटा र पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानवसेवा आश्रममा बस्ने आश्रितहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । प्रादेशिक कार्यालय लूम्विनी प्रदेश अन्तर्गत बुटवल उपमहानगरपालिका रहेको मानवसेवा आश्रममा रहेका आश्रितहरुका लागि खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

प्रादेशिक कार्यालय, सूदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालीकास्थित दृष्टी धनगढीलाई लो बेड र बालबालिकका लागि न्यानो कपडा, धनगढीस्थित माानवसेवा आश्रम आश्रितहरुलाई खाद्य सामाग्री वितरण, कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

बैंकमा अनवरत रुपमा २० बर्ष भन्दा बढी सेवा गरेका बिभिन्न कर्मचारीहरुलाई बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक समारोहका बीच प्रतिक तथा प्रशंसा पत्र बितरण गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ९ : ५० बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको