शहीद स्मारक ए डिभिजन लिगको खेल दशरथ रङ्गशलामा हुने « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगको खेल दशरथ रङ्गशलामा हुने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।

मङ्सिर ३ गते सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ । उक्त खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ । लिगमा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब रहेका छन् ।

त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब सहभागी छन् ।

उक्त प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर रु १०० र भीआइपीतर्फ रु ५०० मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । अघिल्लो सिजनको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो । लिग विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ३४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।