कतारमा ३६ नेपाली कामदारलाई एनआरएनएको खाद्यान्न वितरण « Khabarhub

कतारमा ३६ नेपाली कामदारलाई एनआरएनएको खाद्यान्न वितरण


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले तलब नपाएर अलपत्र परेका नेपाली श्रमिकलाई खाद्यान्न सहयोग गरेको छ।

कतारको सनैयास्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा २ महिनासम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपाली कामदारलाई एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको एनआरएन कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए ।

नेपालस्थित ओसो रिक्युटिङ्ग म्यानपावरमार्फत उनीहरू कतार पुगेका थिए । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका द्दितिय उपाध्यक्ष एवं श्रमिक बिभागका संयोजक प्रेम चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौँ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ कतारले कतारमा कोही पनि नेपाली खाद्यान्नको समस्या वा अन्य कुनै समस्या भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : १० बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका