कतारमा ३६ नेपाली कामदारलाई एनआरएनएको खाद्यान्न वितरण « Khabarhub

कतारमा ३६ नेपाली कामदारलाई एनआरएनएको खाद्यान्न वितरण


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले तलब नपाएर अलपत्र परेका नेपाली श्रमिकलाई खाद्यान्न सहयोग गरेको छ।

कतारको सनैयास्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा २ महिनासम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपाली कामदारलाई एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न वितरण गरेको एनआरएन कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए ।

नेपालस्थित ओसो रिक्युटिङ्ग म्यानपावरमार्फत उनीहरू कतार पुगेका थिए । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका द्दितिय उपाध्यक्ष एवं श्रमिक बिभागका संयोजक प्रेम चलाउने, सचीव दिपजंग शाह, प्रवक्ता सन्तोष क्षत्री, कार्यसमिति सदस्य अग्निधर देवकोटा, जागौँ नेपाल अभियानका प्रवास संयोजक सन्तोष तिमिल्सिना र सदस्य नवराज रेग्मीको उपस्थितमा पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ कतारले कतारमा कोही पनि नेपाली खाद्यान्नको समस्या वा अन्य कुनै समस्या भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : १० बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका