कञ्चनपुरबाट तीन जिल्लामा कैदीबन्दी स्थानान्तरण « Khabarhub

कञ्चनपुरबाट तीन जिल्लामा कैदीबन्दी स्थानान्तरण


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार कैलाली र डडेल्धुरामा १०-१० जनालाई र दार्चुला कारागार ८ जनालाई स्थानान्तरण गरिएको हो ।

‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं’, उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।’ कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । तर ४२५ कैदीबन्दीलाई राखिएको छ ।

स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन्। सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात बिताउनुपर्ने अवस्था थियो ।

कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाईनमै बस्नु पर्दा समस्या भएको कैदी बन्दीले बताएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ८ : ०५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण