चीनको ११ हजार पर्दामा सुशान्तको ‘छिछोरे’ « Khabarhub

चीनको ११ हजार पर्दामा सुशान्तको ‘छिछोरे’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– सन् २०१९ मा रिलिज भएको अभिनेता सुशान्तसिंह राजपुत र श्रद्धा कपुरको फिल्म ‘छिछोरे’ चीनको ११ हजार स्क्रिनमा रिलिज हुने भएको छ । यो फिल्म आगामी २०२२ जनवरी ७ मा चीनमा रिलिज हुँदैछ । विश्वकै ठूलो फिल्म बजारका रुपमा परिचित चीनमा बलिउडको यो फिल्म करिब दुई वर्षको प्रतिबन्ध पछि प्रदर्शनमा आउन लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर भएको लकडाउन र सन् २०२० मा भारत–चीनको सैनिकबीच भएको गलवानमा भएको झडपपछि चीनले भारतसँगको सबै किसिमको सम्बन्धमा प्रतिबन्ध लगाएको थियो ।

यो फिल्मका निर्देशक नितेश तिवारी हुन् । फिल्मको कथा पनि नितेशले नै लेखेका हुन् । नितेशको निर्देशनमा बनेको आमिर खानको फिल्म ‘दंगल’ सन् २०१७ मा चीनमा रिलिज भएको थियो । जसले करिब १ सय ९३ मिलियन डलरको व्यापार गरेको थियो । ‘छिछोरे’ चीनको एक सय राज्यका झण्डै ११ हजार स्क्रिनमा रिलिज हुनेछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १२ : ४९ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती