२०२१ः जो चर्चा र विवादमा तानिए | Khabarhub Khabarhub

२०२१ः जो चर्चा र विवादमा तानिए


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– सन् २०२१ अन्त्यको संघारमा छ । बलिउड यो वर्ष ऐतिहासिक घटनाका लागि सम्झनायोग्य रह्यो । जहाँ वर्षभर केही कलाकारले आफ्नो अभिनय र राम्रा कामले दर्शकको मन जिते । त्यही केही कलाकार भने विवादमा तानिए ।

आर्यन खान
अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ सदाका लागि सम्झनायोग्य बनेको छ । यसै वर्ष उनीमाथि क्रुज पार्टीमा लागुऔषध लिएको आरोप लाग्यो र उनी कैयौं दिनसम्म जेलमा बस्नुपर्यो । अक्टोबर २ मा मुम्बईबाट गोवा जाँदै गरेको कार्डीलिया क्रुजमा एनसीबीले छापा मारेपछि आर्यनलाई पक्राउ गरेको थियो । अदालतको विभिन्न चरणको सुनुवाई पछि ३० अक्टोबर अर्थात् २८ दिनपछि उनी जेलबाट रिहा भए । तर उनी अझैं यो मुद्धाबाट पूर्ण रुपमा मुक्त हुन सकेका छैनन् ।

अनन्या पाण्डे
आर्यन खान लागुऔषध मामलामा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेको नाम पनि अगाडि आयो । आर्यनसँग लागुऔषध मामलामा च्याट गरेको कारण एनसीबीले अभिनेत्रीमाथि निशाना साँध्यो । नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनन्यालाई सूचना पठाएर उनको घरमा छापा नै मारेको थियो ।

शहनाज गिल
‘बिग बोस’ फेम शहनाज गिल पनि यो वर्ष चर्चामा आइन् । सेप्टेम्बरमा सिद्धार्थ शुक्लाको निधन पछि हरेक ठाउँमा शहनाजको चर्चा भयो । यद्यपि अभिनेताको निधनपछि करिब एक महिनासम्म उनको कथित प्रेमिका शहनाजको कुनै पनि तस्वीर बाहिर आएन । उनी अहिले विस्तारै सामान्य जीवनमा फर्कने प्रयास गरिरहेकी छन् । फ्यानहरु सामाजिक सञ्जालबाट निरन्तर रुपमा उनलाई समर्थन गरिरहेका छन् ।

सोनू सूद
कोरोना कालमा बलिउड अभिनेता सोनू सूद निकै चर्चामा आए । गत वर्ष लकडाउनमा फँसेका मानिसहरुलाई गरेको सहयोगका कारण उनको लोकप्रियता ह्वात्तै बढेको थियो । यद्यपि राम्रो काम गरिरहँदा उनको मुम्बईस्थित घरमा आयकर विभागले छापा मारेको थियो । सेप्टेम्बरमा सोनूसँग जोडिएको ६ स्थानमा आयकर विभागले छापा मारेको थियो ।

तापसी पन्नू
आयकर विभागले ६ सय ५० करोडको करको अनियमितताको मामलामा बलिउड अभिनेत्री तापसी पन्नू र अनुराग कश्यपको घरमा छापा मारेको थियो । जसकारण अभिनेत्री निकै चर्चामा आइन् ।

राज कुन्द्रा
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लील फिल्म बनाएको र एप्सका माध्यमबाट त्यसलाई सार्वजनिक गरेको आरोपमा मुम्बई प्रहरीद्वारा पक्राउ परे । केही समयसम्म मुम्बई क्राइम ब्राञ्चले यो मामलामा अनुसन्धान गरिरहेको थियो । यद्यपि राज जमानतमा रिहा भइसकेका छन् ।

कंगना रनौत
बलिउड अभिनेत्री कंगना रनावत त्यसो त जहिल्यै चर्चामा रहन्छिन् । तर यो वर्ष उनी विवादमा आउनुको कारण अलिक भिन्न रह्यो । यो वर्ष उनले भारत स्वतन्त्रताको विषयलाई लिएर गरेको टिप्पणीका कारण उनी आलोचित बनिन् । उनले सन् १९४७ मा भारतले स्वतन्त्रताको ‘भीख’ पाएको र वर्ष २०१४ मा भारतले वास्तविक स्वतन्त्रताको अनुभव गरेको बताएकी थिइन् । यो भनाईका कारण उनी निकै ट्रोलमा परिन् र जनताको विरोधको सामना पनि गर्नुपरेको थियो ।

ज्याकलिन फर्नान्डिज
अभिनेत्री ज्याकलिन फर्नान्डिज आफ्नो सम्बन्धका कारण यो वर्ष चर्चामा आइन् । दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङको आरोपी सुकेश चन्द्रशेखरसँगको उनको निकट सम्बन्धले इडीले ज्याकलिनमाथि नियमित आशंका गरिरहेको छ । यो मामला बाहिर आउनासाथ ज्याकलिन र सुकेशको केही तस्वीर सार्वजनिक भएका थिए । जसकारण उनले निकै विरोधको सामना गर्नुपरेको थियो । उनलार्य मुम्बईको एयरपोर्टबाट पक्राउ गरी सोधपुछ गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : २१ बजे

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी

संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को

कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना

एजेन्सी – कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

मनहरी– मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने