चिसो छल्न तराई झर्दै हुम्ली « Khabarhub

चिसो छल्न तराई झर्दै हुम्ली


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् ।

हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् ।

मङ्सिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौँ बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ ।

चिसो छल्नका लागि बेंसी झर्नेमा विशेष गरेर उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक छन् । हिउँदका तीन महिना पुस, माघ र फागुनमा उतैतिर न्यानो हुने भएको हुँदा वृद्धवृद्धा जिल्ला बाहिरिन थालेका छन् । त्यस्तै जिल्लाको मध्य क्षेत्र रहेको सर्केगाड, दक्षिण क्षेत्र अदानचुली, ताँजाकोट र चङ्खेली गाउँपालिकाका नागरिक भने गाडीमा बाहिरिने गरेका छन् ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अझैसम्म पनि सडक सञ्जालले नछोएको हुँदा माथिल्लो भेगका नागरिकलाई सजिलै जिल्ला बाहिर जान समस्या हुने गरेको छ

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ६ : ४० बजे

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा