कास्की र सुनसरीमा दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते | Khabarhub Khabarhub

कास्की र सुनसरीमा दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्की र  सुनसरीमा भएका अलगअलग दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  अन्य सात जना घाइते भएका छन् ।

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ३५ बजे

भूकम्पपछिको पुनः निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनः निर्माण र

पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक

काठमाडौं– ताप्लेजुङको पाथीभरमा मन्दिरमा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारबारे

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक

कुलमानको जवाफ- ऊर्जामन्त्री खड्का पूर्वाग्रही, मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई ऊर्जा,

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन हो : प्रचण्ड 

हरिनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित