यी हुन् मुख्यमन्त्री शेरधन राईसँग विवाह गर्न लागेकी युवती (फोटोफिचर) | Khabarhub Khabarhub

यी हुन् मुख्यमन्त्री शेरधन राईसँग विवाह गर्न लागेकी युवती (फोटोफिचर)


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दै छन् ।

शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् ।  ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको हो ।

राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच काठमाडौँमा बिहे हुनेछ भने विराटनगरमा भोजको आयोजना गरिने जनाइएको छ ।

५० वर्षीय राईले आफूभन्दा झण्ड २५ वर्ष कान्छी शेर्पासँग विवाह गर्न लागेका हुन ।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो।

अमेरिकामा बसोबास गर्दै आएकी ज्याङ्मुसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव राईले जानकारी दिए।

ज्याङ्मुका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनयसमेत गरेकी छन्।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : १५ बजे

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति

टोकियो – उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

ललितपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि

साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने 

काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले

प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो

देबानगन्ज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना

सिरहा– सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ