यी हुन् मुख्यमन्त्री शेरधन राईसँग विवाह गर्न लागेकी युवती (फोटोफिचर) « Khabarhub

यी हुन् मुख्यमन्त्री शेरधन राईसँग विवाह गर्न लागेकी युवती (फोटोफिचर)


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दै छन् ।

शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् ।  ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको हो ।

राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच काठमाडौँमा बिहे हुनेछ भने विराटनगरमा भोजको आयोजना गरिने जनाइएको छ ।

५० वर्षीय राईले आफूभन्दा झण्ड २५ वर्ष कान्छी शेर्पासँग विवाह गर्न लागेका हुन ।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईका अनुसार मुख्यमन्त्री राईको माघ ११ गते विवाह पक्का भएको हो।

अमेरिकामा बसोबास गर्दै आएकी ज्याङ्मुसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव राईले जानकारी दिए।

ज्याङ्मुका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनयसमेत गरेकी छन्।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : १५ बजे

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि