न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती « Khabarhub

न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो दाबी गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।

उनले भने, ‘न्यायाधीशसँगको भेटबारे के प्रमाणित गर्न सक्छन् ? उनीहरुलाई प्रमाणित गर्नु नै छैन । न्यायालयविरुद्ध हल्ला फिँजाउनु मात्र छ ।’

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए ।

निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयन विपरीतको काम गरेको समेत उनले आरोप लगाए ।

बैठकमा उनले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताए ।

आफूले कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाइ थियो । लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेर आफूले काम गरेको समेत बताए ।

उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ७ : ०५ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन