सामाजिक सञ्जालमार्फत ९ जनासँग एक करोड बढी ठगी गरेको आरोपमा २ पक्राउ  « Khabarhub

सामाजिक सञ्जालमार्फत ९ जनासँग एक करोड बढी ठगी गरेको आरोपमा २ पक्राउ 


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग १ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्दै फेसबुक र ह्वाट्सएपबाट ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुरका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइका मेवालाल साह रहेका छन् ।

पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरकी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले ठगी गर्ने गिरोह धेरै ठूलो हुनसक्ने प्रारम्भिक अध्यनबाट देखिएको बताइन्।

उनले ठगी गर्नेको पहुँच धेरै देशमा फैलिएको हुन सक्ने भन्दै अब साइबर ब्यूरो र इन्टरपोलसँग सहकार्य गर्दै थप अनुसन्धानका काम अगाडि बढाउने बताइन्।

उनले पक्राउ परेका व्यक्तिको गिरोहले ९ जना व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताइन्।

सामाजिक सञ्जालबाट ठगी गर्दै आइरहेको गिरोहले फेसबुक र ह्वाट्स एपमा कम्प्युटर, मोवाइल, घडी, ल्यापटप, क्यामेरा लगायत विभिन्न ईलोक्ट्रोनिक सामानहरु बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गर्दिने भन्दै विज्ञापन राख्दै आएको थियो।

उक्त विज्ञापनका आधारमा सर्वसाधारणहरुलाई आर्थिक प्रलोभन देखाउने र सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ०३ बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब