राष्ट्रिय महिला लिगमा आज दुई खेल « Khabarhub

राष्ट्रिय महिला लिगमा आज दुई खेल


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आजै हुने दोस्रो खेलमा उपाधि दाबेदार एपीएफ र विराटनगर महानगरपालिका खेल्दैछन् ।

आर्मी र पुलिसबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । पुलिसलाई पराजित गरेमा आर्मीको उपाधि होड कायम रहनेछ ।

आर्मी पुलिससँग पराजित भएमा शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।

उपाधि नजिक रहेको एपीएफको ३० अंक रहेको छ । एपीएफले आज अपराह्न ३ बजे विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ५२ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस