एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप, मध्यपूर्व संयोजकले गरे छानविनको माग     « Khabarhub

एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप, मध्यपूर्व संयोजकले गरे छानविनको माग    



दोहा- मध्यपूर्वबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरुको नाममा एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप लागेको छ ।

गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक प्रवीन गुरुङले श्रमिकको उद्धारका नाममा अनियमितता भएको भन्दै छानविनको माग गरेका छन् ।

संयोजक गुरुङले एक बिज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाटप्राप्त सहयोग रकममा संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागितामा हिनामिना भएको आरोप लगाइएको छ ।

मध्यपूर्वका कतार, यूएई, साउदी अरब, बहराइन, कुवेत र ओमनबाट स्वदेश फर्कने नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्कनुको कारण सोध्ने, कम्पनीको नाम, पीसीआर रिपोर्ट, हवाई टिकट, राहदानी आदि डकुमेन्टको फोटो खिच्ने र उद्धारको नाममा फर्जी विल भरपाई बनाई केही राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलोमतोमा आर्थिक चलखेल हुने गरेको बताएका छन् ।

संघका अध्यक्ष कुमार पन्तलाई छानविनको आग्रह गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमार्फत आएका अनियमितताका विषयको तत्काल छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन संघका केन्द्रीय अध्यक्ष कुमार पन्तलाई पनि आग्रह गर्दछु ।’

संघले विभिन्न समस्यामा परी नेपाल फर्कने नेपालीहरुलाई राहत तथा उद्धारका निमित मध्यपूर्वमा रहेका केहि आईसीसी र एनसीसीका पदाधिकारीहरुको सहभागितामा उद्धारकोष खडा गरेको छ ।

सो सम्बन्धमा मध्यपूर्वबाटै अन्तर्राष्ट्रिय समन्वय परिषद्को निमित्त निर्वाचित मध्यपूर्व संयोजक, उप–संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली, यूवा संयोजक राज रेग्मी, महिला संयोजक सुमीत्रादेवी पौडेलको कुनै संलंग्नता तथा जानकारी नरहेको र आफूहरुसँग राहत वितरणका लागि कनै पनि परामर्श नलिएको उनको आरोप छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ०९ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल