प्रतिनिधिसभा विघटन प्रकरणमा वरिष्ठ अधिवक्ता खरेलले ‘पाँच आधार’मा दिँदै राय « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरणमा वरिष्ठ अधिवक्ता खरेलले ‘पाँच आधार’मा दिँदै राय


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट आज पनि राय दिन थालिएको छ ।

रिट निवेदकको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीका तर्फबाट राय दिन थालिएको हो ।

आज एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राय राखिरहेका छन् । खरेलले बेन्च गठनमा उठेको प्रश्नमा समेत धारणा राख्दै राय दिइरहेका छन् ।

‘निश्चित स्वार्थ पूरा हुने गरी बेन्च गठन भयो भनेर प्रश्न उठाइएको छ । तर, मलाई लाग्छ पाँचजनाको इजलासले यो प्रश्नको जवाफ दिनेछ,’ उनले भने ।

२७ सालमा यस्तै प्रश्न उठ्दा आठ जना न्यायाधीशले एउटै विषयको मुद्दा आठ जनाले बाँडेर गरेको स्मरण गराउँदै उनले प्रतिनिधिसभा विघटन प्रकरणमा विभिन्न पाँच प्रश्नलाई आधार बनाएर राय दिइरहेका छन् ।

उनले प्रधानमन्त्रीको अधिकार, लोकतन्त्रको अभ्यास र संविधानका धाराबारेको अध्ययन र मर्म जरूरी भएको बताए ।

निर्विवाद बहुमत प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संविधानले दिएको छ कि छैन, संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने सार्वभौमिक अभ्यास छ कि छैन, मूल्य र मान्यताकै भरमा विघटन गर्न मिल्छ, संविधानमा लेखिएको मान्ने कि अभ्यास र  यो विषय संवैधानिक वा राजनीतिक के हो भनेर छुट्याउने आधार फैसलाको आधार हुन सक्ने उनको सुझाव छ ।

०२७ सालमा यस्तै प्रश्न उठेपछि एउटै विषयको मुद्दा आठजना न्यायाधीशले बाँडेर फैसला गरेको स्मरण खरेलले गरे ।

नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेल एमिकस क्युरीमा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ५१ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु