जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरू « Khabarhub

जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरू


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानले कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार शुरू गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ ।

जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो ।

टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकीले जापानमा खोप लगाउने पहिलो व्यक्ति भएका छन् । खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोनाभाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताए ।

उनले भने, ‘खोप लगाउँदा त्यति दुखेको अनुभूति भएन । मलाई ठीकै लाग्यो ।’

जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार खोप लगाइएका व्यक्तिमा कुनै नकारात्मक असर हुने, नहुने बारेमा तीन हप्तासम्म अध्ययन गरिनेछ । त्यसपछि मार्चदेखि अरु ३७ लाख स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी सरकारको छ ।

अप्रिलदेखि ६५ वा सोभन्दा बढी उमेरका तीन करोड ६० लाख व्यक्तिलाई खोप दिइने छ ।

खोप अभियानको व्यवस्थापन गरिरहनु भएका जापानका मन्त्री तारो कोनोले आमजनतालाई खोप दिने बारेमा अझै समय नतोएिको बताए ।

जापानका लागि आवश्यक कोभिड–१९ खोपका लागि तीन वटा प्रमुख फर्मास्युटिकल फर्मसँग सम्झौता भइसकेको जानकारी दिए । हालसम्म जापानले फाइजरको खोपलाई मान्यता दिएको छ, तर अस्ट्राजेनिकाले पनि स्वीकृतिका लागि निवेदन दिएको छ ।

जापानमा कुनै पनि खोपको स्वीकृति प्रक्रिया निकै सुस्त हुने गरेको छ किनभने खोप स्वीकृत गर्नुअघि देशभित्रै परीक्षण गरेको हुनु पर्ने व्यवस्था छ ।

बेलायत वा संयुक्तराज्य अमेरिकाको तुलनामा जापानमा कोरोनाभाइरसको संक्रमण कमै देखिएको थियो । जापानमा करिब चार लाख १८ हजार संक्रमित हुनुका साथै करिब ७ हजारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : १४ बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय