शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति छिट्टै हुन्छ : मन्त्री श्रेष्ठ « Khabarhub

शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति छिट्टै हुन्छ : मन्त्री श्रेष्ठ


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रिक्त रहेको शिक्षा सेवा आयोगका पदाधिकारीको नियुक्ती छिट्टै हुने बताएका छन् ।

मंगलबार सरस्वति पूजाको अवसरमा सफलता एचआइभी शिक्षा सदनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आयोगका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिएका हुन् ।

देशभरका सामुदायिक विद्यालयमा करिब १२ हजार शिक्षक दरबन्दी रिक्त रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

प्राथमिक तहमा ९ हजार १०६, निम्न माध्यमिक तहमा १ हजार ९१३ र माध्यमिक तहमा १ हजार ४२ शिक्षक दरबन्दी रिक्त रहको विवरण आयोगमा पठाइएको शिक्षा तथा मावन स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन शाखाका अधिकृत भुवनेश्वर जोशीले बताए ।

त्यस्तै आन्तरिक बढुवातर्फ प्राथमिक प्रथम तहमा ३ सय ८४ र द्वितीयमा १ हजार ३२५, निमावि प्रथममा ६९ र द्वितीयमा ३६४ तथा माध्यमिक प्रथममा ९९ र द्वितीयमा ४४८ पदपूर्ति हुन नसकेको केन्द्रले जनाएको छ ।

पदाधिकारी नियुक्त नभइ शिक्षक विज्ञानपका काम अघि बढ्दैन : आयोग

आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ती नभइ नयाँ शिक्षकको लागि विज्ञापन आह्वान नहुने शिक्षक सेवा आयोगको उपसचिव सुर्दशन मरहठ्ठाले बताए ।

उनले भने, पदाधिकारी कहिले नियुक्त भएर आउँछन भन्ने कुराको भने अझै टुङ्गो नलागेको छैन् ।

प्राथमिक, आधारभूत र माध्यमिक तहका लागि करिब सात लाख व्यक्तिहरुले अध्यापन अनुमतिपत्र लिएर बसेका उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ५२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल