हरभजनको रणवीर प्रेम | Khabarhub Khabarhub

हरभजनको रणवीर प्रेम


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा बायोपिक फिल्मको ट्रेण्ड केही समययता बढ्दो छ । यी फिल्मले दर्शकलाई केवल मनोरञ्जन मात्र दिएका छैनन्, केहीले प्रेरणा पनि लिएका छन् ।

‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ र ‘मेरी कोम’ जस्ता बायोपिक फिल्म व्यावसायिक रुपमा सफलमात्र भएनन्, यिनले दर्शक र समीक्षकको समीक्षा पनि राम्रै पाए ।

क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक ब्लकबस्टर हिट भएपछि फिल्मकर्मीको ध्यान खेल जगततर्फ बढी आकर्षण भइरहेको छ । किनकी अब बलिउडमा क्रिकेटकै कथामा आधारित दुई फिल्म ‘८३’ र ‘शाबाश मिठ्ठु’ रिलिज हुँदैछ ।

हालैमात्र क्रिकेटर हरभजन सिंहले आफ्नो बायोपिक बनेमा को कलाकार शीर्ष भूमिकामा उपयुक्त होलान् भनेर कुरा खोलेका छन् । ‘मलाई लाग्छ कि अभिनेता रणवीर सिंहले मेरो भूमिकालाई न्याय दिन सक्छन् । मेरी श्रीमति गीता बसराको भूमिकामा चाहिँ कियारा आडवाणी उपयुक्त पात्र हुन सक्छिन्’, हरभजनले भनेका छन् ।

तर गीताले भने यो विषयमा असहमति जनाउदै आएकी छन् । ‘मलाई लाग्छ कि हरभजनको कथामा फिल्म बन्यो भने विक्की कौशल उपयुक्त पात्र हुनसक्छन् । मेरो चरित्रमा चाहिँ प्रियंका कार्की नै उपयुक्त छिन्’, गीताले भनेकी छन् ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : ३० बजे

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित रत्नराज्य बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको