अन्तरंग दृश्यमा सलमाको रोदन « Khabarhub

अन्तरंग दृश्यमा सलमाको रोदन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउडकी अभिनेत्री सलमा हायक हरेक भूमिकाका लागि परिचित छिन् । तर उनी अभिनित फिल्म ‘डेस्पराडो’लाई अहिलेका दर्शकले पनि उत्तिकै म नपराउँछन् ।

हायकले यो फिल्मसँग जोडिएको एक नयाँ तथ्य खुलासा गरेर सबैलाई चकित पारेकी छिन् । हायकका अनुसार फिल्मका लागि पहिलो अन्तरंग दृश्य दिँदा निकै रोएकी थिइन् ।

त्यसो त सलमाले यसअघि पनि विभिन्न अन्तरवार्तामा अन्तरंग दृश्य दिन हामीलाई दिक्क लाग्ने बताउदै आएकी छन् ।

‘यो फिल्मका लागि मलाई अफर आउँदा मेरो केरोलिनाको भूमिकामा अन्तरंग दृश्य छ भन्ने खुलाइएको थिएन । फिल्मको सुटिङ सुरु भएपछि मात्र फिल्म भित्र मेरो चरित्रको बारे थाहा पाएँ’, उनले भनेकी छन् ।

५४ वर्षीया अभिनेत्रीले सुटिङ सेटमा उपस्थित व्यक्तिहरुको अगाडि अन्तरंग दृश्य दिनु आफ्ना लागि निकै जोखिमपूर्ण रहेको स्मरण गरेकी छन् ।

‘अन्तरंग दृश्य खिच्नका लागि एक बन्द सेट तयार पारिएको थियो । किनकि निर्देशक रोड्रिग्सलाई म आफ्नो भाई र उनकी श्रीमतिलाई म मिल्ने साथी मान्दथे । यो दृश्य खिचिरहँदा एन्टोनियो र म अनि रोड्रिग्स र उसकी श्रीमति मात्र थियौं’, सलमाले भनेकी छन् ।

उनले अन्तरंग दृश्य कसरी दिने भन्ने विषयको जानकारी नहुँदा आफू रोएको खुलाएकी छन् । यो दृश्य खिचिरहँदा अभिनेता एन्टोनियोसँग डर लागे पनि उनको समर्थनले एउटा राम्रो साथी बनाएको सलमाको बुझाइ छ ।

–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : २० बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’