अन्तरंग दृश्यमा सलमाको रोदन | Khabarhub Khabarhub

अन्तरंग दृश्यमा सलमाको रोदन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउडकी अभिनेत्री सलमा हायक हरेक भूमिकाका लागि परिचित छिन् । तर उनी अभिनित फिल्म ‘डेस्पराडो’लाई अहिलेका दर्शकले पनि उत्तिकै म नपराउँछन् ।

हायकले यो फिल्मसँग जोडिएको एक नयाँ तथ्य खुलासा गरेर सबैलाई चकित पारेकी छिन् । हायकका अनुसार फिल्मका लागि पहिलो अन्तरंग दृश्य दिँदा निकै रोएकी थिइन् ।

त्यसो त सलमाले यसअघि पनि विभिन्न अन्तरवार्तामा अन्तरंग दृश्य दिन हामीलाई दिक्क लाग्ने बताउदै आएकी छन् ।

‘यो फिल्मका लागि मलाई अफर आउँदा मेरो केरोलिनाको भूमिकामा अन्तरंग दृश्य छ भन्ने खुलाइएको थिएन । फिल्मको सुटिङ सुरु भएपछि मात्र फिल्म भित्र मेरो चरित्रको बारे थाहा पाएँ’, उनले भनेकी छन् ।

५४ वर्षीया अभिनेत्रीले सुटिङ सेटमा उपस्थित व्यक्तिहरुको अगाडि अन्तरंग दृश्य दिनु आफ्ना लागि निकै जोखिमपूर्ण रहेको स्मरण गरेकी छन् ।

‘अन्तरंग दृश्य खिच्नका लागि एक बन्द सेट तयार पारिएको थियो । किनकि निर्देशक रोड्रिग्सलाई म आफ्नो भाई र उनकी श्रीमतिलाई म मिल्ने साथी मान्दथे । यो दृश्य खिचिरहँदा एन्टोनियो र म अनि रोड्रिग्स र उसकी श्रीमति मात्र थियौं’, सलमाले भनेकी छन् ।

उनले अन्तरंग दृश्य कसरी दिने भन्ने विषयको जानकारी नहुँदा आफू रोएको खुलाएकी छन् । यो दृश्य खिचिरहँदा अभिनेता एन्टोनियोसँग डर लागे पनि उनको समर्थनले एउटा राम्रो साथी बनाएको सलमाको बुझाइ छ ।

–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : २० बजे

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले