पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियूको माग | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियूको माग


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं–  सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ।

कोरोना कहर र लकडाउनका कारण थलिएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थको मुल्य बढाएर सर्वसाधारणको चुलो चौकोमै प्रहार गरेको अनेरास्वीयूले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

पेट्रोलियम पर्दाथको मूल्यवृद्धिले अन्य क्षेत्रलाई समेत प्रभावित गर्ने भएकाले बढाइएको मूल्यलाई तत्काल घटाउनुपर्ने उनीहरुको माग छ ।

अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा फागुण ८ गते विहिबार बिहान ८ः३० बजे देशभरका कलेज अगाडि प्रदर्शन गर्ने र दिउँसो नेपाल आयल निगम घेराउ गर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : ४४ बजे

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न