अंगुर खाँदा हुने १३ भन्दा बढि फाइदा « Khabarhub

अंगुर खाँदा हुने १३ भन्दा बढि फाइदा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिले जताततै अंगुर पाइन्छ । यो अंगुरको सिजन हो । अंगुर हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ । यसको सेवनले कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म फाइदा पुर्‍याउँछ ।

अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पाइन्छ । साथै भिटामिन के, ए, सि र बी ६ का साथै पोलिफेनोस र फेनोलजस्ता जस्ता पोषण समेत पाइन्छ । यसका साथै थियामिन, रिवोफ्लाभिन, नियासिन, फोलेट र पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, सोडियमजस्ता मिनरल्स समेत अंगुरमा पाउन सकिन्छ ।

अंगुर सेवनको फाइदा :
१. अंगुरको सेवनले कब्जियत र अपचको समस्या हटाउँछ ।
२. यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
३. मिर्गौलाको समस्या समाधान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।
४. हड्डी स्वस्थ राख्न, मोतिबिन्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
५. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
६. यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
७. यसमा हुने तामा, फलामजस्ता सुक्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।
८. अंगुरले रगतमा नाइट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
९. यसको सेवनले हृदयाघात हुने सम्भावना कम गराउँछ ।
१०. यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोलेस्टेरोलबाट बचाउँछ ।
११. बिहान–बिहान अंगुरको जुस पिउनाले माइग्रेन हुन पाउँदैंन ।
१२. अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
१३. यसको सेवनले स्तन क्यासर, अल्जाइमर हुन दिँदैंन ।

अंगुरको बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्वस्थकर हुन्छ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : १८ बजे

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक